बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् झुन्डिएर आत्महत्या
सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै 'सुसाइड नोट' लेखेर आत्महत्या गरेकी छिन् ।
पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि 'सुसाइड नोट' समेत लेखेको प्रहरीले बताएको छ।
प्रहरी स्रोतका अनुसार 'सुसाइड नोट'मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छन् ।
डिएसपी घर्तीले भने,‘आइतबार दिउँसो १२ बजेतिर झुण्डिएको अबस्थामा हामीलाई खबर आएको थियो । त्यसपछि हाम्रो अनुसन्धान टोली त्यहाँ पुगेको थियो । घटनाको थप अनुसन्धान भईरहेको छ ।’
मृतक कँडेलको शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ।
घटनास्थलमा त्यस्तो शंकास्पद केही छैन । कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा हामीले फेला पार्‍यौँ,’ घटनास्थलमै पुगेका एक प्रहरी अधिकारीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण