कालिकोटको महावै गाउँपालिकामा निःशुल्क सोलार वितरण
मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालिकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अति विपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पु¥याउन सोलार वितरण गरिएको हो ।
कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताइन् । “मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रममार्फत गाउँका अति विपन्न परिवारलाई सोलार वितरण गरिएको छ”, उनले भने, “उज्यालोमा बस्न नपाएका नागरिकले सौर्य ऊर्जामार्फत उज्यालो पाउने छन् ।”
प्रदेश सरकारले २०७६ देखि कर्णालीका हिमाली तथा विद्युत् नभएका क्षेत्रमा विद्युत्को पहुँच पुर्याउनका लागि मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए । “यो कार्यक्रमअन्र्तगत उज्यालो नपुगेका क्षेत्रमा उज्यालो बनाउने लक्ष्य राखिएको छ”, उनले भने, “त्यसैको आधारमा निःशुल्क सोलार वितरण गरिएको हो ।”
प्रदेश सरकारले उज्यालो कार्यक्रम कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निःशुल्क दिने र त्यसको रकम प्रदेश सरकारले नै बेहोर्ने गरेको अध्यक्ष सिंहले बताए । अहिले कर्णालीका झण्डै ३६ प्रतिशत बासिन्दा अँध्यारोमा छन् । सैँतीस प्रतिशतले नवीकरणीय ऊर्जाबाट केही उज्यालो पाएका छन् भने २७ प्रतिशत जनसङ्ख्या मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा छ । अझै पनि कर्णालीका ४० स्थानीय तहमा विद्युत् सुविधा नपुगेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण