कोटेश्वरबाट ६५ वर्षीय पुरुष लागु औषधसहित पक्राउ
सोमबार, १८ साउन २०७८, १८ : ०३
काठमाडौंको कोटेश्वरबाट प्रहरीले लागु औषधसहित ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । सप्तरीको राजबिराज घर भएका ६५ वर्षीय परमानन्द मेहतालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मेहताको साथबाट ३ हजार ७ सय १० एम्पुल नाइट्रोभ्याट, २ सय १५ एम्पुल फेनारगन, डाइजेपाम र नुर्फिन बरामद गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने मेहताको साथबाट प्रहरीले ३२ पिस कोरेक्स र ७ पिस स्पाजोम बरामद गरेको छ । आरोपीबारे महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण