बेल बटमको ट्रेलर सार्वजनिक, चेस खेलाडीको भूमिकामा अक्षयकुमार
अक्षयकुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर रिलिज भएको छ । अक्षयकुमारका हरेक फिल्मजसरी नै यस फिल्मको ट्रेलर पनि भव्य तरिकाले लन्च गरियो । यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षयकुमार र अभिनेत्री वाणी कपूर एकसाथ देखिएका थिए ।
ट्रेलर लन्च भएपछि अक्षयकुमारले सोशल मिडियामा फ्यानहरुसँग खुसी साटेका छन् । अक्षयले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमार्फत यो ट्रेलर शेयर गरेका छन् । ‘ठूलो पर्दाको जादू फेरि एकपटक लिएर आउदैछु, बेल बटमको साथ,’ उनले लेखेका छन् । उनले टिमका सबैलाई ट्याग पनि गरेका छन् ।
यस फिल्ममा अक्षयकुमार राष्ट्रिय चेस खेलाडीको भूमिकामा छन् ।
‘बेल बटम’ कोरोनाकालपछि हलमा रिलिज हुन लागेको पहिलो बलिउड फिल्म हो । फिल्मलाई थ्रीडीमा पनि रिलिज गर्ने योजना छ । १९ अगस्टमा सिनेमा हलमा रिलिज हुने फिल्म अक्षयकुमार र वाणी कपूरसँगै हुमा कुरैशी, लारा दत्त, ज्याक भगनानीलगायत कलाकारले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण