प्रदेश नं १ मा ९२२ सङ्क्रमित थपिए
बुधबार, २० साउन २०७८, १७ : ५९
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ९२२ जनामा कोरोना सङ्क्रमण भएको छ । सो अवधिमा एक हजार ५६६ को पिसिआर परीक्षण गर्दा ४८५ र एक हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५ मध्ये विराटनगरमा ४१, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा छ, पाँचथर र सङ्खुवासभामा दुई÷दुई, इलाम र खोटाङमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ ।
सोही अवधिमा प्रदेशमा आज ३६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जना महिलासहित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण