माधव पक्षीय युवा संगठनले ‘महिनामा २ दिन, २ घण्टा मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने
शुक्रबार, २२ साउन २०७८, १५ : २२
एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय युवा संगठन नेपालले ‘महिनामा २ दिन– २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको संगठनको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । यो अभियान प्रत्येक महिनाको २ वटा शनिबार २–२ घण्टा देशभर निरन्तर सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । यो अभियान साउन २३ गते शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट सुरु हुने र साउनको अन्तिम हप्ता त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा हुने जनाइएको छ ।

वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यतामा बसेको बैठकले नेपालमा बसोबास गर्ने र खोप लगाउन योग्य सबै समुदायहरूलाई छिटोभन्दा छिटो, सहज र सर्वसुलभ रुपमा खोपको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ । बैठकले यीसहित अन्य ९ वटा निर्णय गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण