बैंकिङ कसुर मुद्दामा ६ दिन कैद तोकिएका अभियुक्त पक्राउ
आइतबार, २४ साउन २०७८, १६ : २३
बैंकिङ कसुर मुद्दामा ६ दिन कैद सजाय तोकिएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ्ग गाउँपालिका–५ घर भएका चिरायु खालिङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ललितपुरको महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।
२०७७ फागुन १० मा उच्च अदालत पाटनले खालिङ्गलाई ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । खालिङ्गले सेन्चुरी बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको जानी–जानी अर्को पक्षलाई चेक दिएका थिए । ब्यूरोले उनलाई उच्च अदालत पाटनमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण