फेरि भरिन थाले अस्पतालका शय्या
कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् ।
यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत रहेका थिए । गत शुक्रबार १ सय ५८ जना भेन्टिलेटर र ७ सय ३२ जना आईसीयूमा उपचाररत रहेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १ सय ५८ जना भेन्टिलेटरमा र ७ सय १३ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र वीर अस्पतालमा आठ÷आठ जना, टेकु अस्पतालमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११, पाटन अस्पताल ललितपुरमा तीन, निजामती कर्मचारी अस्पतालमा एक र धुलिखेल अस्पतालमा चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रदेश १ मा १ सय ४१ जना आईसीयू र ५२ जना भेन्टिलेटरमा, प्रदेश २ मा तीन जना आईसीयूमा, बाग्मती प्रदेशमा ५ सय १९ आईसीयू र १ सय ४ जना भेन्टिेलेटरमा उपचाररत रहेका छन् । यस्तै, गण्डकी प्रदेशमा ६५ जना आईसीयू र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र १७ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा आठ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण