मनाङका बाढीपीडित भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’
गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासो गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । ताल गाउँको मात्रै ५९ घर विस्तापित भएको छ ।
त्रिपालको भरमा बसेका स्थानीयहरुको पुनर्वासको त कुरै छोडौँ, राहतका लागि आकाशमा उडेको हेलिकोप्टर देख्दा स्थानीयलाई ‘आकाशको फल, आँखा तरि मर’ भन्ने जस्तै भएको छ ।
दुई दिनअघि मात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री पम्फा भुसाललगायको टोली स्थलगत अध्ययनका लागि मनाङ पुगेको थियो तर उक्त टोली पनि ताल गाउँ पुग्न सकेन ।
आफ्नो पीडा सुनाउन पर्खेर बसेर बाढीपीडित तालबासीलाई नेताहरुको टोलीले निराश बनाइदिएको नासोँ–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए । स्थानीय सिंहबहादुर गुरुङ गुनासो गर्दै भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’ भन्ने नेपाली उखानको याद पो झल्झली दिलाएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण