जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै स्याङ्जा, वालिङ नगरपालिका ९ क्याम्पस रोड डेरा गरी बस्ने ख्यामबहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुकबहादुर थापा लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला
-
पोखराबाट सातै प्रदेशमा हवाई उडानको तयारी
-
विपिन जोशीबारे अझै केही सूचना आएन
-
१० बजे १० समाचार : नगरकोटबाट पूर्वराजाको सक्रियतादेखि रवीन्द्रलाई अर्को ‘आपत’सम्म
-
राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता
-
पाकिस्तानी हमलाले रोकियो आईपीएल, दर्शकलाई रङ्गशाला बाहिर निकालियो