जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै स्याङ्जा, वालिङ नगरपालिका ९ क्याम्पस रोड डेरा गरी बस्ने ख्यामबहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुकबहादुर थापा लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण