बालुवाटारमा भूमिगत गिरोह
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् ।
देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त गर्ने उनको चाहानामा पत्नी आरजु बाधक बनेकी छन् । उनी भानुलाई कुनै पनि हालतमा नियुक्त गर्ने पक्षमा छैनन् । भतिज प्रकाश देउवालाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने आरजुको अडानका कारण सचिवालय रिक्त भएको हो ।
यसबाट बालुवाटारमा दुई गुट रहेको प्रस्ट हुन्छ । देउवालाई महान बनाउने नाममा आरजुको योजनामा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने....’ भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएका छन् । यसको चौतर्फी विरोध भएको छ । सचिवालयले पूर्णता नपाउँदै बालुवाटरमा कुन गिरोह पसेर उल्कापात मच्चाएको हो भन्ने कुरा स्वयं प्रधानमन्त्रीले पनि थाहा पाएका छैनन् ।
यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण