ब्रेन ट्युमरको कारण भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु
मङ्गलबार, २६ साउन २०७८, १२ : ३५
मुम्बई । भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु भएको छ । ३५ बर्षीय शशिको मृत्युको कारण ब्रेन ट्युमरका कारण मृत्यु भएको हो ।
लामो समयदेखि ब्रेन ट्युमरसँग लड्दै आएकी उनको धेरै पटक सर्जरी समेत भएको थियो । ट्युमर उपचारकै क्रममा उनी यो बर्ष कोरोना संक्रमित समेत हुन पुगेकी थिइन् । कोरोना संक्रमित ठिक भएपनि उनको अवस्था भने बिग्रिएको थियो । मिडियाका अनुसार उनको मृत्यु कोभिडको जटिल अवस्थाको कारणले भएको हो ।
शशिको मृत्यु भएपछि केरलका मुख्यमन्त्री निराई विजयनले शोक ब्यक्त गरेका छन् । फ्यानले भने सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।
कन्नुर जिल्ला निवासी उनले केही फिल्ममा अभिनय गरेकी छन् । आर्थिक संकटमा समेत रहेकी उनी केरलको लोकप्रिय टिभी कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण