कपिलवस्तुमा एकैदिन ८१ जना फरार अभियुक्त पक्राउ
कपिलवस्तु प्रहरीले पछिल्लो २४ घण्टाभित्र जिल्लाभर विभिन्न अपराधमा संलग्न ८१ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ। कपिलवस्तु जिल्लामा विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई जिल्ला अदालत कपिलवस्तुले गरेको फैसलामा कसूरदार ठहरिएका ८१ जना मानिसहरुलाई २४ घण्टाभित्र प्रहरीले पक्रन सफल भएको हो।
कपिलवस्तु जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जिम्मेवारी सम्हाले पछि ‘फ्यापु ’ नामक अभियान चलाएपछि फरार अभियुक्त धमाधम पक्राउ गर्न सुरु गरिए अनुसार पछिल्लो २४ घण्टामा ८१ जना फरार अभियुक्त पक्राउ गर्न सफल भइएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
पक्राउ गरिएका फरार प्रतिवादीलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको डिएसपी भण्डारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण