मकवानपुरमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
बुधबार, २७ साउन २०७८, १७ : ०१

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ निवासी ७० वर्षीय वृद्ध र भीमफेदी गाउँपालिका वडा नम्बर–१ निवासी ६१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–७ निवासी बृद्ध गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भइ साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए, उनको मंगलवार उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, भीमफेदी गाउँपालिका वडा नम्वर १ निवासी ६१ वर्षीय पुरुष मा गत साउन ९ गते कोरोना पुष्टि भई साउन १० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । यससँगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त