मकवानपुरमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
बुधबार, २७ साउन २०७८, १७ : ०१
पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ निवासी ७० वर्षीय वृद्ध र भीमफेदी गाउँपालिका वडा नम्बर–१ निवासी ६१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–७ निवासी बृद्ध गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भइ साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए, उनको मंगलवार उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, भीमफेदी गाउँपालिका वडा नम्वर १ निवासी ६१ वर्षीय पुरुष मा गत साउन ९ गते कोरोना पुष्टि भई साउन १० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । यससँगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण