मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शंकरको नाममा विष्णुको कविता : केन्द्रीय भूमिकामा आउन निम्तो

बुधबार, २७ साउन २०७८, २२ : ०५
बुधबार, २७ साउन २०७८

एमाले स्थायी समिति सदस्य विष्णु रिमालले लुम्बिनीको मुख्यमन्त्री पदबाट राजीनामा गरेका शंकर पोखरेललाई केन्द्रको भूमिकामा आउन सुझाव दिएका छन् । प्रदेशको जिम्मेवारी हस्तान्तरण गर्दै, ‘डिरेल’ हुँदै गरेको राजनीतिलाई ‘लिक’मा ल्याउन केन्द्रीय काममा आवश्यक परेकाले प्रदेशको जिम्मेवारी हस्तान्तरण गरेर पोखरेललाई केन्द्रमा आउन निम्तो दिएका हुन् ।

बुधबार राति सामाजिक सञ्जालमा नेता रिमालले विचार र राजनीतिमा सबैभन्दा प्रभावशाली मुख्यमन्त्रीका रुपमा चित्रित गरेका छन् ।  उनले पोखरेलको कवितात्मक वर्णन गर्दै र मिडिया तथा अदालतमाथि आक्रोश पोख्दै ३ वर्ष ५ महिना २४ दिनमा संघीयता प्रतिको निष्ठा, समावेशिताप्रतिको संवेदनशीलता, लोकतन्त्र र सामाजिक रुपाान्तरणप्रतिको समर्पणलाई सलाम भनेका छन् ।

पोखरेल र रिमाल दुवै नेकपा एमालेका स्थायी समिति सदस्य हुन् । दुवै ओली निकट नेता हुन् ।

पोखरेलबारे यस्तो लेखेका छन् रिमालले–


विचार र राजनीतिमा–    
सबैभन्दा प्रभावशाली मुख्यमन्त्री !
कार्यसम्पादनका हिसाबले– 
सतप्रतिशतसम्म पूँजीगत खर्च गर्ने मुख्यमन्त्री  !
समन्वयका हिसाबले– 
सबैभन्दा सहज मुख्यमन्त्री !
सबैले पत्याएका–
तर आफ्नै दलका प्रतिस्पर्धीलाई बिझेका !
सबैले रुचाएका–
तर प्रतिष्पर्धा दलहरूलाई चुनौति बनेका !
३ बर्ष ५ महिना २४ दिन– 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री !
माननीय शंकर पोखरेल,
सलाम छ–
संघीयताप्रतिको तपाईको निष्ठालाई,
समावेशिताप्रतिको तपाईको संवेदनशीलतालाई,
लोकतन्त्र र सामाजिक रुपाान्तरणप्रतिको तपाईको समर्पणलाई !
‘भएको’ समाचार सम्प्रेषण गर्ने हैन–
‘चाहेको’ समाचार “म्यानुफ्याक्चर” गर्ने, 
बेच्ने, किन्ने र किनाउने
बहस–पैरवी, तथ्य/प्रमाणको प्रस्तुती नहुँदै 
‘बेञ्च’ हेर्नासाथ ‘फैसला’ थाहा हुने
यस समयमा,
‘संजाल’ मार्फत कस्ता ‘हल्ला’ फैलाउन खोजियो ?
‘चलाइएका’ नाउँ’हरूबाट के कस्ता कुरा ‘पत्याउने’ बनाउन खोजियो ? 
छोडी दिनोस् !
चुनौतीको सामना गर्दै 
जति समय, जे जति रचनात्मक भूमिका निर्वाह गर्नुभयो
गर्व गर्नु होस् !
तपाईको नेतृत्वमा ‘लुम्बिनी’ले हासिल गरेको 
उपलब्धिका लागि धेरै–धेरै बधाई छ ।
आफ्ना उत्तराधिकारीलाई,
प्रदेशको जिम्मेवारी हस्तान्तरण गर्दै,
‘डिरेल’ हुँदै गरेको राजनीतिलाई
‘लिक’मा ल्याउन,
प्रादेशिक हैन– अब केन्द्रीय काममा 
तपाईको भूमिका आवश्यक भयो ।
आउनोस्,
तपाईलाई हार्दिक स्वागत छ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप