घर-घरै पुगेर नागरिकता
गोरखाको चुमनुब्री गाउँपालिका–५ बिहीकी ५८ वर्षीय छिरिङ साङ्मो एक दिनको बाटो हिँडेर गत बुधबार छिमेकी गाउँ ल्हो पुगिन् । नागरिकता वितरण गर्ने टोली आएको खबर पाएपछि उत्साहित हुँदै उनि त्यहाँ पुगेकी हुन् ।
सीमा प्रशासन कार्यालय सिर्दीबासका प्रमुख रामप्रसाद शर्मा नेतृत्वको टोली नागरिकता घुम्ती शिविर लिएर ल्हो गएको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित ज्येष्ठ नागरिकले समेत नागरिकता पाए । आफू पनि नागरिकता पाउने आशमा साङ्मो हर्षले गद्गद् भइन् ।
भोलिपल्ट टोली घरदैलो गर्दै वडा–४ प्रोक गाउँ गयो । साङ्मो पनि टोलीसँगै गइन् । गाउँलेको खुसी बोकेर आएका नागरिकता टोलीको झोला बोकिदिइन् । वृद्धवृद्धालाई नागरिकता दिलाउन सहजीकरण गरिदिइन् । तेस्रो दिन बल्ल टोली नागरिकता बाँड्दै उनको गाउँ बिही पुग्यो । बाटो देखाउँदै, झोला बोकेर सघाउँदै साङ्मो आफ्नो गाउँ पुगिन् ।
सीमा प्रशासन कार्यालय सिर्दिबासका प्रमुख रामप्रसाद शर्माले घरमै पुगेर बिहीबार साङ्मोलाई नागरिकता प्रदान गरे । त्यसपछि नागरिकता प्रमाणपत्र टेबलमा राखेर सय पटक नमस्कार गर्दै ढोगिन् । त्यो दिन उनको जीवनकै सबैभन्दा खुसीको बन्यो ।
‘नागरिकता हात परेपछि उहाँको मुहारमा देखिएको खुसी म शब्दमा बयान गर्न सक्दिन,’ टोली प्रमुख शर्माले भने, ‘नागरिकता नभएकै कारण गाउँमा स्वास्थ्यचौकी बनाउँदा साङ्मो जग्गा किनबेच गर्न नमिलेको रहेछ । त्यसैले यतिविधि खुसी हुनुभएको रहेछ ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण