अफगानिस्तानमा एक सय नेपाली स्वास्थ्यकर्मी छन् : अधिकारी
तालीबानी विद्रोही र सरकारबीच भीषण युद्ध चलिरहेको अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षाबारे नेपालमा चिन्ता बढ्न थालेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले विहीबार संसदमा बोल्ने क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार नगरिए संसदै चल्न नदिने चेतावनी दिएपछि यो विषयले थप चर्चा पाउन थालेको छ ।
युद्धरत अफगानिस्तानमा करिब एक हजार भन्दा बढी नेपालीहरु कार्यरत छन् । विशेष गरी त्यहाँ अमेरिकी सेनाको मातहतमा रहेको ग्रिन जोनमा सुरक्षा गार्ड र स्वास्थ्यकर्मीका रुपमा नेपालीहरु कार्यरत छन् ।

अफगानिस्तानमा कति नेपालीहरु कार्यरत छन् भन्नेबारे आफूले सरकारसँग तथ्यांक मागेको पूर्व गृहमन्त्री अधिकारीले रातोपाटीलाई बताए । उनले भने ‘मैले तथ्यांक मागिरहेको छु, अहिलेसम्म प्राप्त जानकारी अनुसार त्यहाँको ग्रिन जोनमा एक सय भन्दा बढी नेपाली स्वास्थ्यकर्मीहरु रहेको पाइएको छ ।’
भारत, अमेरिकालगायत विभिन्न देशले आफ्ना नागरिकहरु अफगानिस्तानबाट फिर्ता ल्याइरहेको अवस्थामा नेपाल सरकारले पनि चाँडै आफ्ना नागरिकहरुको उद्धार गर्नुपर्ने भन्दै अधिकारीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
अफगानिस्तानको अधिकांश भूभाग त्यहाँको तालिबानी विद्रोहीले आफ्नो कब्जामा लिइसकेको छ । यस्तो अवस्थामा कुनै पनि बेला राजधानी काबुलसमेत युद्धको चपेटामा पर्ने खतरा बढ्दो छ ।
अमेरिकाले यही अगस्ट महिनामा अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजाने निर्णय गरेका कारण ग्रिन जोनमा काम गरिरहेका नेपालीहरुको रोजगारी गुम्ने र सुरक्षामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने अवस्था आएको हो ।
अफगानिस्तानको काबुलमा ०७३ साल असारमा बम विस्फोटनमा परेर नेपालीहरुले अनाहकमा ज्यान गुमाउनुपरेको थियो । अहिले पनि त्यहाँको अवस्था दिनानुदिन बिग्रँदै जाँदा पनि सरकारले गम्भीरततापूर्वक ध्यान दिएको देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

