माओवादीको विधान : उपमहासचिव हट्ने, कोषाध्यक्ष थपिने
नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ ।
शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो । तर, आइतबार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले भने,‘उपमहासचिव पद हट्छ, कोषाध्यक्ष पद थप गरिनेछ ।’ आइतबार दिउँसो केन्द्रीय कमिटीको बैठक एक घण्टा रोकेर बसेको स्थायी कमिटी बैठकले उपमहासचिव हटाएर कोषाध्यक्ष राख्ने निर्णय गरेको गुरुङले बैठकलाई जानकारी दिए ।
नेकपाकै पालाको विधानमा टेकेर कार्यदलले विधानको मस्यौदा बनाएको हुनाले उपमहासचिव लगायतका पद रहन गएको बताउँदै गुरुङले त्यसलाई सच्याउने बताए । बैठकमा केन्द्रीय सदस्यहरुले दिएका सुझावहरूका सन्दर्भमा दीर्घकालीन महत्वका सुझावहरूलाई पछि सम्वोधन गर्दै जाने र तत्कालै गर्न सकिने कामहरु तत्काल सुधार गरिने उनले बताए ।
बैठकमा बोल्दै गुरुङले स्थानीय एवं महानगर तहको संगठनात्मक संरचना साउन १८ को सुर्कलर अनुसार हुने र जिल्ला र प्रदेशको संरचना गत बैशाखको सर्कुलरअनुसार हुने गरी विधानमा मिलाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण