कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा युवक पक्राउ
सोमबार, ३२ साउन २०७८, २२ : १३
‘कम्बोडिया पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन् । मिनध्वज सहितको समूहले काभ्रेको पाँचखाल नगरपालिका–८ का प्रेम बहादुर तामाङसहित ६ जनालाई ‘कम्बोडिया पठाइदिन्छौं’ भनेर प्रलोभनमा पारेर ठगी गरेका थिए ।
प्रतिव्यक्ति ६ लाख ५० हजारमा कम्बोडिया पठाउने र त्यहाँ पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिन्छौ भनेर पैसा लिएर उनीहरु सम्पर्कविहीन भएका थिए । मिनध्वजलाई सोमबार पक्रेर आवश्यक कारवाहीका लागि बैदेशिक रोजगार विभाग, बुद्दनगरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण