सर्लाहीबाट लागु औषधसहित युवक पक्राउ
बुधबार, ०२ भदौ २०७८, १३ : ४६

सर्लाहीको धनकौला गाउँपालिका–१ स्थित सेखौनाबाट सशस्त्र प्रहरीले लागु औषधसहित १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेखौना घर भएका ३० वर्षीय जयकिशोर सिंह छन् । जयकिशोरको साथबाट ३ सय ७१ बोत्तल कोडील नामक लागु औषध बरामद गरिएको सशस्त्र प्रहरीबल प्रधान कार्यालयले जनाएको छ ।
ना.१ब २२१२ नम्बरको मोटरसाईकलमा सवार सिंहलाई सशस्त्र प्रहरी बल सुरक्षा वेश मनुषमाराबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो । मोटरसाइकल समेत बरामद गरेर उनलाई थप अनुसन्धान र कारवाहीका लागी स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन