मोटरसाइकल चोरेको आरोपमा ३ जना पक्राउ
शुक्रबार, ०४ भदौ २०७८, १३ : ५४
प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ बाट मोटरसाइकल चोरेर लैजाँदै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ घर भएका २० वर्षीय सुन्दर मल्ल र अरु दुईजना १८ वर्षका किशोर छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आरोपीहरुको साथबाट चोरेको भे.३ प. ६००४ नम्बरको मोटरसाइकल, १ थान हेड लाइट, १ थान ट्याङ्की कभर, १ थान स्क्रु ड्राइभर, १ थान रेन्ची, ७ थान मोटरसाइकल स्टिकर बरामद गरेको छ ।
प्रहरीले उनीहरूको साथबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १३ ट्याब्लेट समेत बरामद गरेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण