एकताका सबै ढोका बन्द भएपछि नयाँ पार्टी गठन गर्यौं : माधव नेपाल
एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि नयाँ पार्टी गठन गरिएको बताएका छन् । नेता नेपालले आफुहरुकै पहलमा लोकप्रिय बनेको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको बताएका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेपालले भनेका छन् : ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं । नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’
नेता नेपालले सबै पक्षलाई समेटेर केन्द्री कमिटी प्रस्ताव गरिएको समेत बताएका छन् । उनले हाललाई साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहेका र विद्रोहको पक्षमा हस्ताक्षर गरेका, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला आफ्नो तर्फबाट थपिएकाहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेकाहरु, सांसद एवम् वैधानिक प्रावधान अनुसार पुर्याउनुपर्ने महिलालाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरिएको बताएका छन् ।
उनले वैधानिक प्रक्रिया पुरा भएलगत्तै राष्ट्रिय सम्मेलन वा राष्ट्रिय भेला गरी अहिले समावेश गर्न नसकेका अनुभवी र योग्य नेता–कार्यकर्ताहरुलाई समेटिने उल्लेख गरेका छन् । एमालेबाट विभाजित भइ नेता नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण