कर्णालीको विकासका लागि नीजि क्षेत्रको लगानी आवश्यक छ : मुख्यमन्त्री शाही
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । त्यसका लागि नीजि क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको उनी बताउँछन् । शुक्रबारदेखि साविक कर्णालीका जिल्लाको भ्रमणमा रहेका शाहीले गृहजिल्ला कालिकोटका प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचाल झरनाको बेस क्याम्पमा निर्माण भएको होम स्टे, शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा अवस्थित सुथराली विमानस्थल, गौरवको आयोजनाको रुपमा हेरिएको कोटवाडा मान्म केबलकारको सम्भाव्यताको अध्ययन, प्रसिद्ध धार्मिकस्थल त्रिवेणी पाटन लगायतको चर्चित पर्यटकीय स्थलहरूको अवलोकन समेत गरेका छन् । उनी नीजि क्षेत्रका केही लगानीकर्तालाई लिएर भ्रमणमा निस्किएका हुन् ।
मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश पर्यटकीय क्षेत्रमा धेरै सम्भावना भएको ठाउँ हो । यहाँका पर्यटकीय आयोजनाहरुलाई स्थानीय तह र प्रदेश सरकारले मात्रै चाहेर पुरा गर्न सक्ने अवस्था छैन । त्यसका लागि नीजि क्षेत्रको लगानी अनिवार्य छ ।’ हाम्रो नीजि क्षेत्रहरूसँग निरन्तर छलफल भैरहेको छ । हामीले लगानीको आह्वान गरेका छौ नीजि क्षेत्र लगानी गर्न तयार छन् ।’
शाहीले केही समयमा नै प्रमुख पर्यटकीय क्षेत्रहरुको विकासका लागि प्रदेश सरकारको अनुमतिमा नीजि क्षेत्रहरुले लगानीको काम थाल्ने बताए । यस्तै आइतबार उनले जुम्ला जिल्लाका कर्मचारी र सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट गरेका छन् भने सोमबार कालिकोटमा जिल्ला सभाको उद्घाटन गर्नेछन् । यस्तै मंगलबार नेकपा माओवादी केन्द्रको आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जुम्ला सिञ्जा जाने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण