सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कंगना अभिनित ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने, ‘कुत्ते’को फस्र्ट लुक सार्वजनिक

मङ्गलबार, ०८ भदौ २०७८, १० : ००
मङ्गलबार, ०८ भदौ २०७८

कंगना रनौत अभिनित फिल्म ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने भएको छ । कोरोना भाइरस महामारीका कारण यसअघि पटक–पटक यो फिल्मको रिलिज मिति सरेको थियो । 

कंगनाले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै समाजिक सञ्जालमा लेखेकी छिन्, ‘एक प्रतिष्ठित व्यक्तीको कथा ठूलो स्क्रिनमै देखाउनु उचित हुन्छ । अब थलाइवी रिलिज हुनका लागि पूर्ण तयार छ । १० सेप्टेम्बरमा सिनेमा घरहरुमा रिलिज हुनेछ ।’

 

यो तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे जयाललिताको बायोपिक हो । जयाललिता पूर्व अभिनेत्री पनि हुन् । कंगनाले फिल्ममा उनको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अरविन्द स्वामी, नसर, भाग्यश्री, राज अर्जुन र मधु बाला पनि मुख्य भूमिकामा छन् । 

'कुत्ते'को फस्र्ट लुक सार्वजनिक 
यसैगरी अर्जुन कपूर र नसिरुद्दिन शाह अभिनित फिल्म कुत्तेको पोस्टर सार्वजनिक भएको छ । फिल्ममा तब्बु, कोन्कणा सेन शर्मा र राधिका मदान पनि छन् । फिल्म अहिले प्रि–प्रडक्सनको चरणमा छ । २०२१ को अन्त्यमा यस फिल्मको सुटिङ सुरु हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप