सांसद तथा नायिका नुसरत बनिन् आमा : श्रीमानले भनेका थिए, ‘यो मेरो बच्चा होइन’
टीएमसीकी सांसद तथा नायिका नुसरत जहां आमा बनेकी छिन् । नायिकाले छोरा जन्माएकी छिन् । नुसरतलाई २५ अगस्टको राती कोलकाताको नियोसिया अस्पताल भर्ना गरिएको थियो । अभिनेता यश दासगुप्ताले नुसरतलाई अस्पताल लिएर गएका थिए ।
सुत्केरी हुनु अघि नुसरतले आफ्नो फोटो इन्स्टामा सेयर गरेकी थिइन्, ‘फेथ ओभर फियर’ । आमा बनेपछि नुसरत जहांलाई प्रशंसक र सेलिब्रिटीले बधाई दिइरहेका छन् ।
नुसरत जहांको गर्भावस्थाको विषयमा निकै विवाद भएको थियो । थुप्रै दिनदेखि नुसरत गर्भवती भएको खबर आइरहेको थियो । पछि नुसरतको बेबी बम्पसहितको फोटो चर्चाको विषय बनेको थियो । जब नुसरतको गर्भावस्थाको खुलासा भयो, त्यति नै बेला नायिका उनका श्रीमानबाट अलग्गिएको कुरा पनि सार्वजनिक भएको थियो । निखिल जैनसँग नुसरतको विवाह सन् २०१९ मा भएको थियो तर तनावपछि उनीहरु सन् २०२१ मा अलग्गिए ।
नुसरतको गर्भावस्थामाथि निखिल जैनले आफूलाई यसबारे केही थाहा नभएको बताएका थिए । उनले नुसरतको गर्भमा हुर्किरहेको बच्चा पनि आफ्नो नभएको बताएका थिए । यसैबीच नुसरतको नायक यश दासगुप्ता सम्बन्ध रहेको चर्चा हुन थाल्यो । यद्यपि, यी दुईले आफ्नो सम्बन्ध स्विकार गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

