शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टुबोर्ग ओपनमा डेभिड गुएटाको साथमा सुशान्त केसी

शुक्रबार, ११ भदौ २०७८, १२ : ०३
शुक्रबार, ११ भदौ २०७८

टुबोर्ग ओपनको नयाँ प्रस्तुतिका लागि लोकप्रिय गायक सुशान्त केसी र विश्वव्यापी प्रचलित डिजे डेभिड गुएटासँग सहकार्य गर्ने भएका छन् । 

डेनिस बियर ब्राण्ड टुबोर्गले व्यक्ति–व्यक्तिबीच एकताबद्ध गर्ने उद्देश्यले संगीतमार्फत आज अगस्ट २७ मा नयाँ अभियान सुरु गरेको हो ।  

उक्त अभियानको अनुरुप सुशांत केसीले डेभिड गुएटाको नयाँ ट्रयाक ‘गेट टुगेदर’ को अफिसियल रिमिक्स् रिलिज गर्नेछन् । उक्त ट्रयाक गुएटाले विश्वका विभिन्न क्षेत्रहरुका कलाकारहरुलाई एकसाथ ल्याउनको लागि सिर्जना गरेका हुन् ।

डिजे गुएटाले नेपालको कलाकारसँग सहकार्य गर्न पाउँदा उत्सुकता जागेको बताए । उनले भने, ‘विश्वभरका विभिन्न कलाकारहरूसँग काम गर्ने सोच मलाई मनपर्छ । त्यसैले मलाई लाग्छ कि टुबोर्ग ओपन प्रोजेक्ट निकै राम्रो छ । मेरो सम्पूर्ण जीवन मैले कलाकार, डिजे, निर्माता र पपस्टारहरुसँग सहकार्य गरिरहेको छु, र म यो काम गर्न एकदम मन पराउँछु किनभने मलाई विश्वास छ कि संसारमा यति धेरै प्रकारका मानिसहरु छन् जो बाट हामी सबैले सिक्न सक्छौं ।’

उनले अगाडि भने, ‘हालसालै मेरो करियरमा म आफूलाई अझै बढी नयाँ कलाकारहरूसँग सहकार्य गर्न खोजी रहेको छु । म यो गर्न चाहन्छु किनकि मैले उनीहरुलाई केही कुराहरु सिकाउन सक्छ, तर सबैभन्दा महत्वपूर्ण कुरा त उनीहरुले मलाई सिकाउन सक्छन् किनकि उनीहरुको संसारको दृष्टिकोण फरक छ । यो संगीत वा शब्दमा हुन सक्छ तर हामी दुवैको प्रस्तुतिको संयोजनले केही नयाँ ताजा महसुस गराउने सिर्जना हुने आशा राख्छु ।’
 
‘आमा’, ‘मायामा’, ‘साथी’ जस्ता लोकप्रिय गीतका गायक सुशान्त​ केसीले विश्वको सबैभन्दा ठूला डिजेहरुमध्येका डिजे गुएटासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।   

सुशान्त​ले भने, ‘मैले एक गायक–गीतकारको रुपमा सिर्जना गरेको सबै कुराहरु मेरो उत्कण्ठाबाट निस्केको छ । यस्ता उदाहरणहरु पनि छन् जब आफ्नो प्रयासहरुले छुटाउन नहुने अवसरहरू आमन्त्रित गर्दछ । मलाई यो प्रोजेक्ट निकै राम्रो लाग्छ र यसको हिस्सा हुने चाहना पहिले देखि नै थियो । अहिले भने साँच्चै त्यो समय आएको छ । म उक्त संगीतको कलाकारको जादुमा थप निखार ल्याउन चाहन्छु जसले हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्दछ । म केही सुन्दर प्रस्तुती सिर्जना गर्न चाहन्छु ।’
 
सुशान्त​ केसीको ‘गेट टुगेदर’ को नयाँ रिमिक्समा काम गरिरहेका छन् र त्यो सेप्टेम्बरको अन्तिम सम्ममा दर्शक माझ उपलब्ध हुनेछ ।

डेभिड गुएटाले टुबोर्गसँगको सहकार्यमा लिरिक भिडियो पनि निर्माण गरेका छन् जुन नेपालका दर्शकहरुले ए.आर.मा अनुभव गर्न सक्छन् । सबै दर्शकले टुबोर्गको फेसबुक पेजमा गई त्यहाँ भएको लिंक प्रयोग गरी आफ्नो घरमै आरामले डेभिड गुएटाले ‘गेट टुगेदर’ बजाएको सुन्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप