फिफा विश्वकप २०२६
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
शुक्रबार, २९ जेठ २०८३, ०० : ४५
सारांश
- फिफा विश्वकप २०२६ को उद्घाटन खेलका लागि आयोजक मेक्सिको र दक्षिण अफ्रिकाका खेलाडीहरू ऐतिहासिक एस्टेका रङ्गशालामा प्रवेश गरेका छन्।
- खेल सुरु हुनुअघि दुवै देशको राष्ट्रिय गान बजाइएको छ, जसमा दक्षिण अफ्रिकाको राष्ट्रिय गान पहिलो थियो।
- ८० हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थितिका बीच खेलाडीहरू खेलका लागि तयार देखिएका छन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो तथा उद्घाटन खेलका लागि आयोजक मेक्सिको र दक्षिण अफ्रिकाका खेलाडीहरू मैदानमा प्रवेश गरेका छन् । ऐतिहासिक एस्टेका रङ्गशालामा अहिले खेल सुरु हुनुअघिको औपचारिक प्रक्रिया अन्तर्गत दुवै देशको राष्ट्रिय गान बजिरहेको छ।
मैदानमा सबैभन्दा पहिले भ्रमणकारी टोली दक्षिण अफ्रिकाको राष्ट्रिय गान बजाइएको छ । रङ्गशालामा उपस्थित ८० हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति र हुटिङका बिच खेलाडीहरू खेलका लागि तयार देखिएका छन् ।
यसअघि, एक भव्य समारोहका बिच विश्वकपको औपचारिक उद्घाटन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० हजार घुससहित वडा सचिव अख्तियारकाे फन्दामा
-
डोजर आतंकको तीन महिना : बरु थपिए सुकुमबासीका पीडा, व्यवस्थापन लथालिङ्ग
-
महिनावारीको पीडा : कति रगत बग्नु स्वाभाविक हो, कहिले अस्पताल जाने?
-
पीआर लिएका दुई नापी अधिकृतलाई स्पष्टीकरण साेधियाे
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण