विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर
सारांश
- फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकाका खेलाडी याया सिथोलेले रेड कार्ड पाएका छन् ।
- खेलको ५०औँ मिनेटमा जर्सी नम्बर १३ का सिथोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका हुन् ।
- सिथोले बाहिरिएसँगै दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको छ र मेक्सिको १-० ले अगाडि छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई ठुलो झट्का लागेको छ । आयोजक मेक्सिकोविरुद्धको खेलमा दक्षिण अफ्रिकाका मिडफिल्डर याया सिथोलेले ‘रेड कार्ड’ पाएका छन् ।
खेलको ५०औँ मिनेटमा जर्सी नम्बर १३ का सिथोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका हुन् । यो यस विश्वकपकै पहिलो रातो कार्ड हो । सिथोले बाहिरिएसँगै दक्षिण अफ्रिका अब १० खेलाडीमा सीमित भएको छ ।
मेक्सिकोका खेलाडी गुटियरेज एक्लै गोल गर्ने सुन्दर मौकाका साथ अगाडि बढिरहेका बेला उनलाई रोक्ने क्रममा सिथोलेले पछाडिबाट फल गरेका थिए । गोल गर्ने स्पष्ट अवसरलाई रोकेको भन्दै रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका हुन् । फलसँगै मेक्सिकोले पेनाल्टी क्षेत्रको ठीक बाहिर भित्र निकै खतरनाक स्थानमा फ्री–किक प्राप्त गरे पनि त्यसलाई सदुपयोग भने गर्न सकेन् ।
खेलमा मेक्सिकोले ९औँ मिनेटमा जुलियन क्विनोनेसको गोलमार्फत १–० को अग्रता लिइरहेको छ । एक गोलले पछि परेको अवस्थामा महत्वपूर्ण खेलाडीले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका थप दबाबमा परेको छ । अहिले दोस्रो हाफको खेल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
-
उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
-
फिफा विश्वकप २०२६ : उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
-
दक्षिण अफ्रिकालाई थप संकट, थेम्बा ज्वानले पाए टोलीको दोस्रो रातो कार्ड
-
राउल जिमिनेजको गोलमा आयोजक मेक्सिकोको अग्रता दोब्बर
-
विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण