शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

राउल जिमिनेजको गोलमा आयोजक मेक्सिकोको अग्रता दोब्बर

शुक्रबार, २९ जेठ २०८३, ०२ : २४
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २-० को अग्रता लिएको छ ।
  • खेलको ६७औँ मिनेटमा राउल जिमिनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए ।
  • दक्षिण अफ्रिकाका एक खेलाडीले रातो कार्ड पाएपछि मेक्सिको थप आक्रामक देखिएको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–० को बलियो अग्रता लिएको छ । खेलको ६७औँ मिनेटमा स्टार स्ट्राइकर राउल जिमिनेजले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका हुन् ।

यसअघि खेलको ९औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ५०औँ मिनेटमा दक्षिण अफ्रिकाका मिडफिल्डर याया सिथोले ‘रातो कार्ड’ पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको दक्षिण अफ्रिकाविरुद्ध मेक्सिको थप आक्रामक देखिएको छ ।

अहिले ६८औँ मिनेटको खेल जारी रहँदा मेक्सिको सिटीस्थित एस्टेका रङ्गशालामा घरेलु समर्थकहरू जितको खुसीयाली मनाइरहेका छन् । १० खेलाडीमा खुम्चिएको दक्षिण अफ्रिका अहिले मेक्सिकोको दबाब झेल्न संघर्ष गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप