प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
शनिबार, १२ भदौ २०७८, १२ : २६

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो ।
उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे विस्तृत रुपमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गता भएका व्यक्तिका लागि 'प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम' असार २० र २१ गते विराटनगरमा हुने
-
गृहमन्त्री मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक
-
पोर्चुगलमा 'अफगानिस्तानको आगो’ लोकार्पण
-
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
-
वाईसीएल अध्यक्षमा ओली लगभग पक्का, अन्य नेताको व्यवस्थापनका लागि विधान संशोधन गरिँदै
-
महिमानसिंह विष्टको रिट हेर्न नमिल्ने