तेह्रथुमको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, १३ भदौ २०७८, १० : ५७
तेह्रथुम पावरको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन भएको थियो ।
कुल निस्कासनमध्ये ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेको छ भने १६ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
पावरले प्रति लगानीकर्ता १० देखि ६० हजार कित्तासम्म आवेदन दिन पाउनेगरी आइपीओको बिक्री खुलाएको थियो । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको कम्पनीको सेयरमा मेरो सेयर, सी आस्बामा आबद्ध बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको दाबी : सीमा पार गर्ने रुसको प्रयास विफल पारियो
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ?
-
मैथिली भाषाका चलचित्र न्यून
-
प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा
-
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु