तेह्रथुमको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, १३ भदौ २०७८, १० : ५७
तेह्रथुम पावरको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन भएको थियो ।
कुल निस्कासनमध्ये ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेको छ भने १६ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
पावरले प्रति लगानीकर्ता १० देखि ६० हजार कित्तासम्म आवेदन दिन पाउनेगरी आइपीओको बिक्री खुलाएको थियो । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको कम्पनीको सेयरमा मेरो सेयर, सी आस्बामा आबद्ध बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण