कपिल शर्माको समस्या बढ्दोः च्यानल मालिकले घटाए आधा पारिश्रमिक
कपिल शर्मा र सुनिल ग्रोवरलगायत कार्यक्रमका अन्य सदस्यबिच भएको झगडापछि कपिल शर्माको मुश्किल लगातार बढिरहेको छ । सुरुमा यो विवादपछि कपिलको कार्यक्रमको भविष्यमाथि नै प्रश्न उठिरहेको थियो । तर अब खबरका अनुसार कपिलले आफ्नो कार्यक्रमका लागि आफ्नो पारिश्रमिक आधा गरेका छन् । कार्यक्रमका कलाकारबिच झगडा हुनुपूर्व कपिलको यो कमेडी शो टेलिभिजनमा निकै चर्चित भइरहेको थियो र च्यानलले केही समय पहिले नै कपिल शर्माको पारिश्रमिक दोब्बर गर्ने घोषणा गरेको थियो । तर मार्चमा विवाद भएपछि कपिलका लागि सम्पूर्ण कुरा परिवर्तन भएको छ । कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको झगडा पछि ‘द कपिल शर्मा शो’ को टीआरपी लगातार घटिरहेको थियो । मिडिया रिपोर्टका अनुसार कपिल र च्यानलले मिलेर एक आपसमा कुराकानी गरे र उनीहरुले आफ्नो पारिश्रमिक आधा गर्ने निर्णय गरेको छ ।
स्मरण रहोस्, कपिल शर्माले सोनीसँग नयाँ सम्झौता गरेका थिए जस अनुसार कपिललाई १ सय १० करोड भारुको अफर दिइएको थियो । उक्त नयाँ सम्झौता अनुसार उक्त कमेडी डिसेम्बर सन् २०१७ सम्म प्रसारण हुनेछ अर्थात् आफ्नै प्रोडक्शन हाउसबाट उक्त कार्यक्रमबाट कपिललाई हरेक महिना लगभग ९ करोडको कमाई हुन्थ्यो । मिडिया रिपोर्ट अनुसार उक्त सम्झौताभन्दा पहिले कपिलले एक एपिसोडका लागि ६० देखि ८० लाख भारु पाउँथे तर अब त्यो आधा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण