नेकपा समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई
नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका संसदीय दलका नेतालाई दिएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम छनोट गर्ने जिम्मा दलका नेता माधव नेपाललाई दिएको सांसद विराेध खतिवडाले जानकारी दिए ।
‘सधैं बैठक बसिरहन सम्भव नहुने भएकाले तत्काल गर्नुपर्ने निर्णय गर्न नेता माधवकुमार नेपाललाई अधिकार दिइएको छ’ खतिवडाले भने, ‘कति मन्त्री बनाउने, ककसलाई बनाउने लगायतका विषयमा उहाँलाई अधिकार प्रत्यायोजन गरिएको छ ।’
त्यस्तै दलको बैठकले संसदीय दलको विधान निर्माण गर्न भवानी खापुङ, लक्ष्मी चौधरी, निरा जैरु, शेरबहादुर कुँवर र खगेन्द्रप्रसाद पुरी रहेको एक समिति गठन गरेको छ । बैठकले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलको नेतामा डा.बेदुराम भुषाल सर्वसम्मत चयन गरेको छ । त्यसैगरी दलको बैठकले कोभिड नियन्त्रण, बाढी पहिरो प्रभावितलाई राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण