कोकिन कारोबारीमाथि प्रहरी अप्रेशन : भारततर्फ भाग्दाभाग्दै समातिइन् विदेशी महिला
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न गिरोहसम्म पुग्न सफल भएको छ । प्रहरीले ९ करोड मूल्य बराबरको झण्डै ३ किलो कोकिन बरामद गरेको हो भने त्यसमा संलग्न ३ विदेशी नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ परेका एकजना भारतीय नागरिक हुन् भने अर्का एकजना अफ्रिकन र अर्का एक तान्जानियाका नागरिक हुन् । अफ्रिकन र तान्जानि महिला हुन् भने भारतीय अभियुक्त पुरुष हुन् । तान्जानियाकी महिला भारततर्फ भाग्दाभाग्दै सिन्धुलीबाट पक्राउ परेकी हुन् ।
यसरी पक्राउ परे अभियुक्त
ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिन लिएर नेपाल आएकी थिइन् । उनीबारे प्रहरीले थप खुलाइसकेको छैन । उनले त्यति ठूलो परिमाणको लागूऔषध कसरी विमानस्थलबाट छिराउन सफल भइन् भन्नेबारे पनि बताइएको छ । तर उनलाई विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले कमलादीस्थित एक होटलबाट पक्राउ गरेको उल्लेख गरिएको छ ।
यस्तै कारोबारमा संलग्न भारतको बैंकलोरका विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटै पक्राउ गरिएको थियो । उनी गामासँग कोकिन लिनका लागि आएको खुल्न आएको प्रहरीको भनाइ छ । यस्तै उक्त कारोबारमा संलग्न तान्जानियाको नागरिक गेरट्रुड लियोनार्ड किमारो भने भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ परेको ब्युरोले जनाएको छ । सो कोकिनको मूल्य ९ करोड मूल्य बराबरको रहेको र संलग्न व्यक्तिउपर १५ देखि जन्म कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण