काठमाडौंबाट खैरो हेरोइनसहित २ युवक पक्राउ
आइतबार, १३ भदौ २०७८, २२ : २७
काठमाडौंबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेत्रावती गाउँपालिका–४ घर भएका गोकुल तामाङ र धनकुटाको खाल्सा सहिदभूमि गाउँपालिका–५ घर भएका राजकुमार राई छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ७५ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । ब्यूरोको टोलीले भदौ ८ मा टोखा नगरपालिका–१० बाट ३६ वर्षीय गोकुल तामाङलाई ४.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।
गोकुलको बयानका आधारमा धनकुटाका ३० वर्षीय राजकुमार राईलाई ब्यूरोको टोलीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो । राईको डेरामा थप ७० दशमलव ५ ग्राम खैरो हेरोइन फेला परेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण