नक्कली सर्टिफिकेट देखाएर अमेरिका जान खोज्ने ६ जना पक्राउ
दश जोड दुईको नक्कली सर्टिफिकेट देखाएर अमेरिका जान खोज्ने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । इडिभी ‘यूएस डाइभर्सिटी भिसा’–२०२० को नतिजामा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली सर्टिफिकेट पेश गरेका ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा पाल्पा घर भएका सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासी घर भएका नरेश केसी, लक्ष्मण पाठक, काभ्रे घर भएका दिप विष्ट र काठमाडौंका सोहिली शाही छन् । आरोपीहरुले उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी हुने शैक्षिक प्रमाणपत्र नक्कली बनाएको अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । भिसा प्रक्रियाका लागी आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिहरुले भिसा प्रयोजनका नक्कली प्रमाणपत्र पेश गरेको सुचना प्रहरीले दूतावासले नै दिएको थियो ।
आरोपीहरुलाई महाराजगञ्जस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । मुलुकी अपराध संहिता–२०७४ अनुसार लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी खापुङ्गले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण