‘सीआईबी’ को इन्सपेक्टर भन्दै धम्क्याउने व्यक्ति पक्राउ
आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी निरीक्षक (इन्सपेक्टर) बताउँदै विभिन्न संघसंस्था र व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बाँके जिल्लाको कोहलपुरमा सिआईबीको अफिसर भन्दै धम्क्याइरहेको अवस्थामा सल्यान जिल्ला, दार्माकोट–२ का ३२ वर्षीय दिपेन्द्र रोकायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अप अनुसन्धान एवम् आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
यता, बर्दियाको गुलरिया नगरपालिका–११ स्थित भित्री सडकबाट ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बाँसगढी नगरपालिका–९ बस्ने २५ वर्षीय हरिबहादुर थापालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।
बा ६८ प ५५६७ नम्बरको मोटरसाइकलमा सवार थापालाई प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषधसहित फेला पारेको जनाइएको छ । उनीमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण