शरीरमा आइरनको कमी बेवास्ता नगरौँ, यी खानेकुरा खाऔँ
शरीरमा आइरनको कमीले एनिमिया रोगको खतरा हुन्छ । मानिसहरू एनिमियालाई सामान्य समस्या मानेर अनदेखा गर्छन् । तर, समयमा यसको उपचार नगर्ने हो भने यो गम्भीर समस्या बन्न सक्छ ।
अध्ययनका अनुसार जब मानिसको रगतमा हेमोग्लोबिनको तह औसतभन्दा निकै कम पुग्यो भने एनिमियाको खतरा बढ्छ । यसको अलावा महिलाहरू रजस्वला र गर्भवती हुँदा एनिमियाको समस्या अधिक हुने गर्छ ।
आइरनको कमीका कारण शरीरमा कयौँ लक्षणहरू देखिन्छन् जसमा डिप्रेसन, रिँगटा लाग्ने, कमजोरी महसुस हुने, श्वास फेर्न गाह्रो हुने, छाला पहेँलो हुनेलगायत छन् । त्यस्तै, एनिमियाका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसले गर्दा शरीरमा सङ्क्रमणको खतरा बढी हुन्छ ।
त्यही भएर हेमोग्लोबिनमा आइरनको मात्रा कायम राख्न आवश्यक हुन्छ । यसको मद्दतले शरीरले पोसिलो तत्त्व प्राप्त गर्दछ । आइरनको कमी पुरा गर्न मानिसले आफ्नो खानपानमा ध्यान दिन जरुरी हुन्छ । यहाँ आइरन प्राप्त हुने केही खानाहरूको चर्चा गरिएको छ ।
ब्रोकाउली – १५० ग्राम ब्रोकाउलीमा एक मिलिग्राम आइरन पाइन्छ । यसमा भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ । यसले आइरनलाई राम्रोसँग सोस्न मद्दत गर्दछ ।

पालक – पालकमा भिटामिन सी र एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । लगभग १०० ग्राम पालकमा २.७ मिलिग्राम आइरन हुन्छ । यसको सेवनबाट आइरनको कमी सजिलै पूरा गर्न सकिन्छ ।
रातो मासु – रातो मासु (रेड मिट) मा आइरनको मात्रा अधिक हुन्छ । १०० ग्राम मासुमा कम्तीमा २.७ मिलिग्राम आइरन हुन्छ । रेड मिट खाँदा यसको मात्रामा भने ध्यान दिनुपर्छ । अधिक रातो मासुको सेवनले स्वास्थ्यमा समस्या ल्याउन सक्छ ।
माछा – टुना माछालगायत सार्डिन माछालगायतमा पनि आइरन भरपुर मात्रामा पाइन्छ । ८५ ग्राम मासुमा १.४ मिलिग्राम आइरन पाइन्छ ।

दाल – दालमा पनि आइरनको मात्रा भरपुर हुन्छ । यसलाई सुपर फुड पनि भनिन्छ । १९८ ग्राम पाकेको दालमा ६.६ मिलिग्राम आइरन हुन्छ ।
तोफु – शाकाहारीका लागि तोफु प्रोटिन र आइरनको राम्रो विकल्प हुनसक्छ । १२६ ग्राम तोफुमा ३.४ मिलिग्राम आइरन र २२ ग्राम प्रोटिन हुन्छ ।
चिया, कफी, दूध र दूग्ध उत्पादनले शरीरले आइरन सोस्न क्षमतालाई कम गर्न सक्छ । त्यही भएर यस्ता वस्तुको सेवन सही मात्रामा मात्र गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण