बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।
यस्तै नवनियुक्त राज्यमन्त्री हरुमा जुनेलीमाया श्रेष्ठ (स्वास्थ्य मन्त्रालय), जीवन खड्का (भौतिक पूर्वाधार तथा विकास मन्त्रालय), सरस्वती वाटी (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) र बद्री मैनाली (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।
यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण