त्रिभुवन विमानस्थल बाहिरबाट स्वागत नेपालसहित ६ जना पक्राउ
एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कार्यन्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली बिहीबार बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई भेट गर्ने कार्यक्रम छ । एमसीसीको सम्बन्धमा आवश्यक छलफल गर्नका लागि भन्दै उनीहरु काठमाडौं आइपुगेका हुन् । नेपालमा एमसीसीको सम्बन्धमा पास गर्न हुने र नहुने सम्बन्धमा विवाद हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण