तीज परम्परागत नबनोस्, विकृति हटाओस् : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् । हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले यसलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् ।
उनीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “तीज विगतमा भाग्यलाई सराप्ने अन्धविश्वासी सोचमा आधारित हुनुहुँदैन र आजभोलि भड्किलो संस्कृतिमा रुपान्तरित यसले समाजमा भित्र्याएका विकृति हटाउँदै जानुपर्छ, तीजको मौलिकतालाई स्थापित गर्दै सामाजिक सद्भाव, एकता, भातृत्व एवं भगिनित्व विकास गर्न नयाँ पुस्ताको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।”
उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजलाई पारस्परिक सम्मान, सद्भाव एवं एकतासहित अघि बढ्न तीज पर्वले प्रेरित गरेको जनाए । कोरोना महामारीको संकट कायमै रहेकाले यसको संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै बसेर खुशीसाथ मनाउन सुझाउँदै मुख्यमन्त्री शाहीले सबैलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक हुन तीजबाट प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण