किशोरी बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ
शनिबार, २६ भदौ २०७८, १४ : ४३
दाङ प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ । नाच हेरेर घर फर्कँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्की रहेका छन् ।
उनीहरुमाथि तीजको दरखाने दिन राती नाच हेरेर घर फकर्दै गरेकी १८ वर्षीया किशोरीमाथि सामूहिक करणी गरेको आरोप लागेको छ । पीडित युवतीको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भैरहेको रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण