७ दिनमा मधुमेह कम गर्ने एक चीज
पछिल्लो दुई वर्षमा विश्वभर मधुमेहका रोगीको संख्या बढ्न थालेको छ । बढ्दो उमेरका मानिसहरु मात्र नभइ बालबालिका र युवावस्थाका व्यक्तिहरु पनि मधुमेहको चपेटामा पर्ने गरेका छन् । रगतमा चिनीको मात्रा बढ्दै जाँदा विभिन्न समस्याहरुको सामाना गर्नुपर्ने हुन्छ । मधुमेहका रोगीहरुले खानपानमा सबैभन्दा बढी ध्यान दिन आवश्यक छ ।
भारतको महाराष्ट्र र आन्ध्र प्रदेशका चिकित्सकहरुले रगतमा चिनीको मात्रा कम गर्नका लागि एउटा फल फाइदाजनक भएको बताएका छन् । चिकित्सकका अनुसार मधुमेहका रोगीलाई कटहरले फाइदा गर्छ । काँचो कटहर होस् वा पाकेको होस् यसले मधुमेहका रोगीलाई फाइदा गर्ने गर्छ ।
अन्तर्राष्ट्रिय पत्रिका ‘नेचर’ मा छापिएको एउटा अध्ययनले मधुमेहलाई नियन्त्रण गर्न कटहर निकै महत्वपूर्ण मानिन्छ । उक्त अध्ययनमा कटहर मधुमेहका रोगीका लागि फाइदाजनक भएको पाइएको छ ।
अध्ययनका अनुसार कटहरले ७ दिनमा रगतमा ग्लुकोजको मात्रा घटाउँछ । अमेरिकी डायबेटिज एसोसिएसनद्वारा गरिएको एक अध्ययनका क्रममा चामल र गहुँको सट्टामा कटहर दिइएको र यसको नतिजा पनि फाइदाजनक पाइएको पत्ता लागेको छ ।
अध्ययनका क्रममा एक मधुमेह रोगीलाई ३० ग्राम कटहरको पाउडर दिइयो । तीन महिनापछि फास्टिङ ब्लड शुगर, पोस्टप्रोडिल ब्लड ग्लुकोज र HbA1c को स्तरमा धेरै कमि आयो । यसका साथै, रोगीको तौलमा पनि कमि आएको पाइएको बताइएको छ ।
पश्चिमी देशहरुको तुलनामा भारत तथा नेपाल जस्ता देशहरुमा ३० प्रतिशत व्यक्तिहरुमा मोटोपनका कारण मधुमेह हुने गरेको पाइन्छ । अध्ययनका अनुसार कटहरको आटाले रगतमा चिनीको मात्रा कम गर्नुका साथै ग्लाइसेमिकलाई पनि नियन्त्रण गर्छ ।
कटहरको आटा तयार गर्नका लागि यसको भित्रको दानालाई राम्रोसँग सुकाउने र त्यसको बाहिरको बोक्रा फालेर कटहरको बीजलाई पिसेर आटा तयार गरेर अन्य आटामा मिसाएर पनि खान सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण