सुरक्षा निकायमा युवाको आकर्षण
राज्यका प्रमुख सुरक्षा निकायहरूमा जागिर खान इच्छुक किशोरकिशोरीको आकर्षण बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा समावेशी प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ ।
नेपाल प्रहरीले केही महिनाअघि पाँच हजार २२७ जना प्रहरी जवानको माग गरेको थियो । सो पदका लागि करिब ९५ हजार आवेदन परेको छ । यसअनुसार एउटा पदका लागि १८ जनाबीच प्रतिस्पर्धा भएको देखिन्छ ।
त्यस्तै नेपाली सेनाले पनि यही १८ गतेबाट चार हजार सैन्य (सिपाही)को माग गरेको छ । सैन्यमा भर्ना हुन दरखास्त आवेदन दिन आउनेहरूको सैनिक मुख्यालयलगायत विभिन्न बाहिनी र गणहरूमा किशोरकिशोरीको भीड देखिन्छ । सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट जनशक्ति आपूर्ति गर्न सैन्य (सिपाही)देखि प्राविधिक परिचारिक (नर्सिङ) हेल्थ असिस्टेन्ट, मेकानिकल्स र पुजारीलगायत चार हजार ४६१ पदका लागि दरखास्त आह्वान गरेको छ ।
सुरक्षा निकायहरूको तल्लो तहको दर्जा सैन्य, सिपाही तथा जवानका लागि शैक्षिक योग्यता साधारण शिक्षा (८ कक्षा उत्तीर्ण) र १८ देखि २२ वर्ष उमेर तोकिएकाले सो दर्जामा आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य हुने गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउछन् ।
यस पटक सेनाले भदौ १८ र ३० गते दुई पटक गरी चार हजार ४६१ जना जनशक्तिको माग गरेको छ । एउटा सैन्य पदका लागि १५ देखि २० जनासम्मको आवेदन पर्ने अनुमान गरिएको छ । राज्यका अन्य सुरक्षा निकायभन्दा सेनाप्रति किशोरकिशोरीको आकर्षण बढेको देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण