पानी गौँथलीको ठूलो बथान भेटियो
कैलालीको मोहना नदीमा पानी गौँथली चराको ठूलो बथान फेला परेको छ । कैलारी गाउँपालिका–४ स्थित भितरियामा यस चराको ठूलो बगाल फेला परेको हो ।
चराविद् हिरुलाल डङ्गौराले सो ठाउँमा तीन हजार ५६४ वटा पानी गौँथली अभिलेख भएको जानकारी दिए । मोहना नदीमा पहिल्यैदेखि पानी गौँथली बसोबास गर्दै आएको हुनसक्ने अनुमान गरिए पनि त्यहाँ सो चरा बस्ने गरेको गत वर्ष मात्रै पुष्टि भएको थियो ।
नेपालका अरू ठाउँमा हालसम्म यति धेरै सङ्ख्यामा पानी गौँथली अभिलेख भएका छैनन् । सन् १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यी चरा देखिएका थिए ।
त्यस्तै सन् २०१२ मा चितवनमा तीन हजार ४६७ पानी गौँथली फेला परेको चराको क्षेत्रमा काम गर्ने संस्था पन्छी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ । यसैगरी सन् २०१५ मा कोसी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा देखिएका थिए । चरा संरक्षणकर्मी राम शाहीले बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौँथली चरा अभिलेख गरेका थिए । नेपालमा पहिलो पटक काठमाडौँ उपत्यकामा पानी गौँथली फेला परेका थिए । १९ औँ शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाडौँमा पानी गौँथली अभिलेख गरेका थिए ।
मोहना नदीमा फेला परेको पानी गौँथली नेपालमा हालसम्म भेटिएका मध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको डङ्गौराले उल्लेख गरे । उनले सोही ठाउँमा गत वर्ष १० हजार ५५३ को सङ्ख्यामा पानी गौँथली अभिलेख गरेका थिए । ‘गत वर्षको तुलनामा यो वर्ष थोरै सङ्ख्यामा भेटिए पनि पानी गौँथलीको यो बगाल नेपालकै ठूलो हो’, उनले भने, ‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौँथली रेकर्ड गरिएको छैन ।’
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण