हरेक बिहान खाली पेटमा सख्खर र तातोपानी
हामी व्यस्तताका कारण स्वास्थ्यमा खेलबाड गरिरहेका हुन्छौँ । स्वास्थ्यलाई ख्याल नगरी जे भेट्यो त्यही खान्छौँ । लामो समयसम्म काम गर्ने र खाने समयलाई ध्यान नदिने बानीले भविष्यमा हामी गम्भीर रोगको सिकार हुन पुग्छौँ ।
त्यसैले हरेक दिन बिहान उठेदेखि राति नसुतेसम्म हामीले शरीरका लागि फाइदाजनक चीन खाने र शरीरलाई स्वस्थ राख्ने काम गर्न आवश्यक छ । पेटसम्बन्धी समस्याहरुबाट बच्न हरेक बिहान तातो पानी र सख्खर खाने गर्नुपर्छ ।
सख्खरको सेवनले शरीरमा भएको हानिकारक पदार्थहरु बाहिर निस्किन्छ । सख्खरले शरीरभित्र हुने विषालु पदार्थहरुलाई पनि बाहिर फाल्ने काम गर्छ । तर, कहिल्यै पनि सख्खरको सट्टामा चिनीको प्रयोग गर्नुहुँदैन । चिनीले शरीरमा एसिडको मात्रा बढाउँछ । जुन हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।
हरेक बिहान खाली पेटमा सख्खर खाने र तातो पानी पिउने गर्दा शरीरको स्टामिना पनि बढ्छ । जसले शरीरमा रोग प्रतिरोधी क्षमतामा पनि विकास गर्छ । शारीरिक कमजोरीबाट बचाउँछ । स्वासप्रवाससम्बन्धी समस्या, दम आदि भएमा खाली पेटमा सख्खर खाएर तातो पानी पिउने गर्दा कम हुँदै जान्छ ।
बिहान खाली पेटमा तातो पानी पिउँदा पाचनप्रणालीमा सुधार आउँछ । यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ । यसले पेटसँग जोडिएका समस्याहरु जस्तैः ग्याँस, कब्जियत, एसिडिटी आदिबाट छुटकारा दिलाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण