दसैंमा घर जाने हो ? यसरी हुँदै छ यातायातको व्यवस्थापन
नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।
दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।
सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दसैंमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए ।
महासंघमा करिब सयवटा कम्पनी आबद्ध छन् र एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ । त्यसका लागि पुनः छलफल गरिने भएको छ ।
सो महासंघसँग समेत सहमति गर्नेगरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ । कोभिड–१९ को महामारी सुरु हुनु अघि विगतका वर्षहरूमा दसैं सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण