मकवानपुरबाट ७ जना जुवाडे पक्राउ
आइतबार, ०३ असोज २०७८, १६ : ०८
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ स्थित चाइना क्वार्टरबाट प्रहरीले जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । स्थानिय राकेश केसीको घरमा जुवा खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा जुवाखाल सञ्चालक राकेश केसी, हेटौंडा घर भएका रमेश श्रेष्ठ, प्रदिपजंग पण्डित, पदमबहादुर भण्डारी, एकबहादुर थापा, दिपेन्द्रकुमार मिश्र र धादिङ घर भएका बाबुकृष्ण उप्रेती छन् । आरोपीहरुलाई जुवा मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिप्रका मकवानपुरका इन्सपेक्टर देवेन्द्र दासले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण