सुर्खेत र डोल्पामा काँग्रेस वडा अधिवेशन अनिश्चित
सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा सुर्खेत र डोल्पामा नेपाली काँग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । कर्णालीका १० जिल्लामध्ये यी दुईबाहेक सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद छ ।
काँग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको बताए । “आज १३ जिल्लामा वडा अधिवेशन भइरहेको छ, तर सुर्खेतमा कहिले गर्ने ? केही टुङ्गो छैन”, उहाँले भने, “क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन, केन्द्रले निर्वाचन अधिकृत पनि पठाएको छैन ।” सुर्खेतका कतिपय वडामा उम्मेदवारी घोषणासँगै अधिवेशनको माहौल शुरु भए पनि पार्टी केन्द्रले सदस्यता विवाद समाधान गर्न ढिलाइ गर्दा कार्यकर्तामा अन्योलता बढेको छ ।
सुर्खेतमा ९९ र डोल्पामा ६५ वडा छन् । डोल्पामा राप्रपाबाट समायोजन भई पार्टी केन्द्रीय सदस्य रहेका कर्ण बुढाले सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित भएको बताए । केन्द्रीय सदस्य बुढाले एकलौटी सदस्यता वितरण गरेको भन्दै त्यहाँको जिल्ला नेतृत्वले असहमति जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण