अनलाइनमार्फत ठगेको आरोपमा ‘पास्टर’ पक्राउ
अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले झापाको काँकडभिट्टाबाट एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगुढी घर भएका क्रिश्चियन धर्मगुरु सन्दीप क्षेत्री छन् । झापा प्रहरीसँगको समन्वयमा क्षेत्रीलाई पक्राउ गरेर काठमाडौं ल्याइएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
फेसबुक र ह्वाट्सएपमार्फत विदेशीको हुलियामा च्याट गरेर क्षेत्रीले ५ लाख रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । संखुवासभा घर भएकी एक महिलालाई क्षेत्रीले ‘युकेबाट पार्सल पठाएको छु, रिसिभ गर्नु’ भनेर काठमाडौंमा जान आग्रह गरे ।
काठमाडौं आएपछि भन्सार तिर्न पाँच लाख लाग्छ भनेर उनले पोखरा र काँकडभिट्टाका दुईजना महिलाको खातामा पैसा हाल्न लगाएका थिए । पार्सलमा ‘विदेशी पैसा पनि रहेछ’ भनेर थप पैसा मागेपछि ती महिला प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण